• १६ चैत २०८०, शुक्रबार

बियर जात्रा हुने

blog

काठमाडौं, असोज ३ गते । नेपालमा पहिलो पटक बियर जात्रा हुने भएको छ । बडादशैँ र तिहारको उपलक्ष्यमा मदिरा व्यवसायी सङ्घ ललितपुरले आयोजना गर्ने सो एक दिने बृहत् बियर जात्रा ललितपुरको यला दरवार शङ्खमूलमा यही असोज ८ गते शनिवार आयोजना हुने भएको छ ।

सो बियर जात्रामा स्वदेशी र विदेशी बियर कम्पनीबाट उत्पादित सबै बियरहरु समावेश गरिने  सङ्घका अध्यक्ष उपेन्द्र लाखेले जानकारी दिनुभयो ।

मदिरा व्यवसायी सङ्घ ललितपुरका सल्लाहकार मुकुन्द महर्जनका अनुसार सो बियर जात्रामा चाडपर्वलाई  दृष्टिगत गर्दै विशेष छुटका साथ बियरहरु सहुलियत मूल्यमा उपलब्ध गराइनुका साथै विभिन्न कम्पनीले जात्रामा सहभागी हुनेहरुलाई फ्री टेस्टिङकाे समेत व्यवस्था मिलाएका छन् ।

जात्राका संयोजक तथा मदिरा व्यवसायी सङ्घ ललितपुरका सचिव कविराज श्रेष्ठले सो दिन साढे ११ बजेदेखि साँझ ७ बजेसम्म मनोरञ्जनसहित विभिन्न भेराइटिजका फुड स्टलहरुबाट भरपुर आनन्द लिन सकिने जानकारी दिनुभयो ।