• १३ असोज २०८१, आइतबार

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

blog

काठमाडौं, भदौ ३० गते । आज (बिहीबार) बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको जानकारी दिनुभयो ।