• १३ साउन २०८१, आइतबार

चितुवाको मुखबाट आमाले खोस्नु भयो छोरालाई : बालक गम्भीर घाइते

blog

सांकेतिक चित्र

अमरराज नहर्की 

तनहुँ, भदौ ८ गते । चितुवाको आक्रमणबाट तनहुँमा बुधबार साँझ एक बालक गंभिर घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–१ उपल्लो फाँटमा सुवास परियारको तीन वर्षीय छोरा शुलभ परियार घाइते भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । 

घाइते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोति हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएको काफ्लेले जानकारी दिनुभयो । 

बुधबार साँझ ६ बजे घरको पिढीमा खेली रहेको बेला चितुवाले आक्रमण गरी लगेको र आमा पछि पछि लागेर ५० मिटर पर लगेपछि खोसेर ल्याएको स्थानीय प्रत्यक्ष दर्शी वासु पन्थले जानकारी दिनुभयो । बालकको घाँटी तथा शरीरका अन्य भागमा गहिरो चोट लागेको छ ।

बुधबार नै साँझ ५ बजे सोही ठाउँ निवासी हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि रानाले कराउँदै धपाएको साँझ पुनः बालकलाई आक्रमण गरेको पन्थले जानकारी दिनुभयो । केही महिनाअघि मात्रै बन्दिपुर १ कै ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।