• ४ जेठ २०८१, शुक्रबार

सुनलाई प्रहरीले किन भन्छ ‘सुनजस्तो पहेंलो धातु’

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ४ गते । हरेक कुरामा सुनिश्चितता नहुने भएकाले सुन भनेर पक्राउ गरेको पदार्थलाई सुनजस्तो पहेंलो धातु वा पदार्थ भन्नुपर्ने हुन्छ । हेर्दा ठ्याक्कै सुनजस्तो पहेंलो देखिने पदार्थ सुन भनेर पक्राउ गरे पनि कहिलेकाहीँ मिक्स भइदिने र प्रहरीको आँखाले छुट्याउन नसक्ने हुँदा सुनजस्तो पहेंलो पदार्थ वा धातु भन्ने प्रहरीको नियम रहेको पूर्व डिआइजी हेमन्त मल्लले बताउनुभयो । 

उहाँका अनुसार त्यो पदार्थ के हो भनेर सम्बन्धित ल्याबले परीक्षण गर्दा सुन नभइ अन्य पदार्थ निस्कँदा प्रहरीलाई आक्षेप लाग्ने हुँदा प्रहरीले बरामद गरेको पदार्थलाई सिधैँ सुन भन्न हुँदैन । “कतिपय घटनामा प्रहरीले सुन भनेर सामात्ने र पछि त्यो अर्कै पदार्थ वा मिसावटयुक्त पदार्थ हुँदा सुन कम हुने र प्रहरीले सुन लुकायो, खायो, हरायोजस्ता अनेक आक्षेप लाग्दा प्रहरी संगठन बदनाम हुने भएकाले पहेँलो पदार्थ वा धातु भन्ने गरिन्छ ।” 

कतिपय घटनामा प्रहरीले सुन भनेर सामात्ने र पछि त्यो अर्कै पदार्थ वा मिसावटयुक्त पदार्थ हुँदा सुन कम हुने र प्रहरीले सुन लुकायो, खायो, हरायोजस्ता अनेक आक्षेप लाग्दा प्रहरी संगठन बदनाम हुने भएकाले पहेँलो पदार्थ वा धातु भन्ने गरिन्छ ।

कतिपय कुरा उस्ताउस्तै देखिने तर मिसावटयुक्त हुने भएकाले सिधैँ त्यही वस्तु हो भन्न नहुने उहाँले बताउनुभयो । आक्षेपबाट बच्न प्रहरीले सुनजस्तो देखिने पहेँलो पदार्थ वा धातु लेख्ने गरेको उहाँले बताउनुभयो । 

गत मंसिर ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट करिब दुई हजार १७० ग्राम तौलको सुनजस्तो देखिने पहेँलो रङगको अर्धठोस पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका –१२ ठेगाना भएका २६ वर्षीय सरोज सहनी र दाङ दंगीशरण गाउँपालिका –६ ठेगाना भएका ३० वर्षीय सिताराम चौधरी रहनुभएको थियो । 

नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका दुबै जनालाई जाँच गर्दा भित्री बस्त्रको अगाडिको भागमा फल्स बटम बनाएर भन्सार छली सुन लुकाएर लैजान लागेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो ।  

पक्राउ परेका सरोजको साथबाट एक हजार ८५ ग्राम र सितारामको साथबाट एक हजार ८५ ग्राम पहेँलो सुनजस्तो पदार्थ प्रहरीले फेला पारेको थियो । प्रहरीले गत पुस १ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन एरियाबाट करिब ८११ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित दुई जनालाई पक्राउ गरेको थियो । 

हेर्दा ठ्याक्कै पहेँलो सुनजस्तो देखिन्छ । यो के हो भनेर सोध्दा पनि सुन भनेपछि पक्राउ गरिन्छ तर, अदालतमा बुझाउँदा त्यो सुन नभइ अन्य वस्तु निस्कने हुँदा प्रहरीमाथि अनेक शंका उपशंका र आक्षेप लाग्ने गर्छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३५ वर्षीय इर्साद अहमद र ३२ वर्षीय मोहमद सइद इब्राहिम शेख रहेका थिए । दुबईबाट काठमाडौं आएकालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा इर्सादले प्लाष्टिकले बेरेर ल्याएको करिब ४४२ ग्राम र महोमदले मलद्वारभित्र लुकाई ल्याएको करिब ३७९ ग्राम सुनजस्तो देखिने पहेलो अर्धठोस पदार्थसहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।यस्तै, गत जेठ ५ गते झापाको दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका –५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई अवैध रुपमा लुकाई ल्याएको ३४९ ग्राम ७ सय मिलिग्राम सुनसहित प्रहरीले पक्राउ गरेको थियो । 

मेचीनगर नगरपालिका –६ पुरानो मेचीपुल अगाडि सडकमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्नेक्रममा भारतबाट पैदल आउँदैगरेका जैसीलाई बिस्कुट आकारको तीन थान वस्तु जुत्ताभित्र लुकाएर ल्याएको सुनसहित पक्राउ गरेको थियो । 

गत आर्थिक वर्षको ११ महिनामा मात्रै अवैध रुपमा १६२ किलो ७२ ग्राम सुन अवैधरुपमा नेपाल भित्रिएको थियो । अवैधरुपमा नेपाल भित्रिएको सुन प्रहरीले विभिन्न मितिमा बिभिन्न ठाउँबाट बरामद गरेको थियो । 

प्रहरी प्रधान कार्यालयका प्रहरी प्रबक्ता टेकप्रसाद राईका अनुसार सुन भनेर पक्राउ गरेको वस्तु कहिलेकाहीँ मिक्स भइदिने र अन्य पदार्थ वा धातु भइदिने हुन्छ । प्रवक्ता राईले भन्नुभयो, “हेर्दा ठ्याक्कै पहेँलो सुनजस्तो देखिन्छ । यो के हो भनेर सोध्दा पनि सुन भनेपछि पक्राउ गरिन्छ तर, अदालतमा बुझाउँदा त्यो सुन नभइ अन्य वस्तु निस्कने हुँदा प्रहरीमाथि अनेक शंका उपशंका र आक्षेप लाग्ने गर्छ ।” 

प्रहरी ठ्याक्कै आँखाले छुट्याउन सक्दैन, त्यो सुन, फलाम, हिरा वा मोटी के हो ? त्यसकारण पहेँलो सुनजस्तो पदार्थ वा धातु भनेर लेख्ने चलन छ ।

उहाँका अनुसार बाहिरबाट यस्ता कुरामा प्रहरीलाई आक्षेप लाग्छ । “त्यो सामान साट्यो, नक्कली हालिदियो भन्नेसम्म हुन्छ” उहाँले भन्नुभयो, “प्रहरी ठ्याक्कै आँखाले छुट्याउन सक्दैन, त्यो सुन, फलाम, हिरा वा मोटी के हो ? त्यसकारण पहेँलो सुनजस्तो पदार्थ वा धातु भनेर लेख्ने चलन छ ।” 

प्रहरीले पक्राउ गरेको पदार्थ सुन चेक गर्ने ल्यावमा पठाइसकेपछि चेक भएपछि मात्रै त्यो के हो थाहा हुने हुनाले पक्राउ गर्नेबित्तिकै सुन नै भन्नु नहुने प्रवक्ता राईले बताउनुभयो । यो भन्दा पहिले धेरै पटक सुन काण्ड भएको र त्यसमा निश्चित कुरा बोल्दा प्रहरी संगठन बद्नाम भएको पूर्व डिआइजी हेमन्त मल्लले बताउनुभयो ।

“त्यो वस्तु के हो, आँखाले छुट्याउन नसक्ने र ल्यावमा नपठाउँदै निश्चित कुरा बोल्दा प्रहरी संगठन धेरै पटक बद्नाम भएको छ” उहाँले भन्नुभयो, “यस्ता आक्षेप लाग्नुभन्दा कुरा के हो, निश्चित भएपछि मात्रै त्यसको नाम भन्नुपर्छ ।” पहेंलो देखिने वस्तु सबै सुन नहुने हुनाले ल्याव टेष्ट गरेपछि मात्र सुन या अन्य पदार्थ थाहा हुने उहाँको भनाइ छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।