• ७ कात्तिक २०८२, शुक्रबार

चन्द्रकोटको गोठमा आगलागी हुँदा १४ बाख्रा मरे

blog

आगलागीले ध्वस्त भएको गुल्मी चन्द्रकोट गाउँपालिका–५, किटनीका ६८ वर्षीय धनबहादुर बिटालुको गोठ । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी) कात्तिक ७ गते । गुल्मी चन्द्रकोट गाउँपालिका–५, किटनीका ६८ वर्षीय धनबहादुर बिटालुको गोठमा आगलागी हुँदा १४ वटा बाख्रा जलेर मरेका छ्न्। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक गङ्गाबहादुर सारुका अनुसार ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची गोठमा आगलागी हुँदा १४ वटा बाख्रा र छ वटा कुखुरा मरेका हुन् । गोठमा रहेका अन्नपात समेत जलेर नष्ट भएको सारुले बताउनुभयो । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ ।