• १६ चैत २०८०, शुक्रबार

'फोहोर व्यवस्थापन नहुँदा स्वास्थ्यमा गम्भीर असर पर्छ’

blog

फाइल तस्बिर

काठमाडौं, साउन ३० गते । बेलाबेलामा काठमाडौं उपत्यकासहितका देशका मुख्य मुख्य सहरमा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा सहर कुरुप बन्नुका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष–अपत्यक्ष रुपमा गम्भीर असर पर्ने जनस्वास्थ्यविद्हरुको भनाइ छ ।  

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले फोहोर संकलन र व्यवस्थापन माथि सरोकारपक्षले गम्भिर रुपमा नलिदाँ मानसिक र शारीरिक समस्या निम्तिएको बताउनुभयो । फोहोरले झाडापखाला, हैजा, डेंगु, कोरोनालगायतका सरुवा रोग बढाउने डा. मरासिनीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “कुहिएको फोहोरमा झिँगा र अन्य किराहरुको वृद्धि र विकास छिटो हुने हुँदा झिँगाले खानालाई दुषित बनाउने र त्यस्तो खाना खाँदा झाडापखाला, बान्ता हुने र हैजा फैलन सक्छ ।” 

कुहिएको फोहोरमा झिँगा र अन्य किराहरुको वृद्धि र विकास छिटो हुने हुँदा झिँगाले खानालाई दुषित बनाउने र त्यस्तो खाना खाँदा झाडापखाला, बान्ता हुने र हैजा फैलन सक्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले फोहोरको उचित व्यवस्थापन नहुँदा फोहोरबाट उत्पन्न हुने ब्याक्टेरियाले सङ्क्रमणजन्य रोग फैलिने बताउनुभयो ।   

उहाँले भन्नुभयो, “बर्खायाममा झाडापखाला, हैजा, मलेरिया, डेंगु, हेपाटाइटिस ‘ए’ र ‘ई’ चिकनगुनिया, कालाजार, टाइफाइड, दादुरा, आउँ लगायतका सङ्क्रमणजन्य रोग फैलिने गर्छ, फोहोरको उचित व्यवस्थापन नहुँदा फोहोरबाट उत्पन्न हुने ब्याक्टेरियाले सङ्क्रमणजन्य रोग वृद्धि हुन मद्दत गर्छ ।”   

त्यसका अलावा फोहोरलाई काग, मुसा, कुकुरले बोकेर घर वरपर पु¥याएर छर्ने हुँदा बाटो, सडक घर वरिपरि कुरुप हुनुका साथै समाजमा ब्याक्टेरियाले सङ्क्रमणजन्य रोगको जोखिम बढाउन मद्दत गर्ने डा. मरासिनीको भनाइ छ ।   

जनस्वास्थ्यविद् डा. केदार बरालले लामो समयसम्म फोहोरको व्यवस्थापन हुन नसक्दा फोहोर कुहिएर हावामा प्रदूषित हुनुे हुँदा शारीरिक र मानसिक समस्या बढ्दै जाने बताउनुभयो ।  

फोहोरमा फालेको फुटेका सरसामानमा पानी जम्मा हुने हुँदा त्यहाँ लामखुट्टेले फुलपार्ने र लामखुट्टेको वृद्धिहुने हुँदा किटजन्य रोग डेंगु, मलेरिया, जिका भाइरस बढ्न सक्छ ।

उहाँले भन्नुभयो, “फोहोरको गन्धले मानिसमा मानसिक समस्याहरु काम गर्न मन नलाग्ने, दिग्दारीपना आउने, अल्छी लाग्ने, नराम्रो लाग्ने, दिनभर उराठ लाग्नेजस्ता मानसिक समस्या देखिन्छन् ।” त्यसका, अलावा ठेउला, एलर्जीलगायतका छालाका समस्या आउने चिकित्सकहरुको भनाइ छ ।   

किटजन्य रोग बढ्ने : डा. दाहाल 

फोहोर कुहिएर वा फोहरमा फालिने फुटेका गिलास, प्लास्टिकमा जम्मा भएको पानीमा लामखुट्टेले फुलपार्ने हुँदा लामखुट्टेमा बृद्धिभई डेंगु रोगको प्रकोप बढ्न सक्ने चिकित्सकहरुले बताउनुभयो ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका डा . गोकर्ण दाहालले फोहोरले गर्दा किटजन्य रोग बढ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फोहोरमा फालेको फुटेका सरसामानमा पानी जम्मा हुने हुँदा त्यहाँ लामखुट्टेले फुलपार्ने र लामखुट्टेको वृद्धिहुने हुँदा किटजन्य रोग डेंगु, मलेरिया, जिका भाइरस बढ्न सक्छ ।” 

फोहोरको उचित व्यवस्थापन समयमै नहुँदा रोग लाग्ने जोखिम बढ्ने भएकाले रोगबाट बच्न समयमै फोहोरको उचित व्यवस्थापन गर्न आवश्यक छ ।

हैजा फैलिन सक्छ 

डा. पुनले फोहोर थुप्रने र वर्षा भइरहेको समयमा पानीसँगै बगेर बिभिन्न खोलानालामा मिसिएर दुर्गन्ध फैलिने र पानीको स्रोतमा मिसिएर हैजा फैलिन सक्ने बताउनुभयो ।  

पानी पर्दा फोहोर पानी बगेर पानीको मुहानमा मिसिएमा त्यस्तो पानी पिएमा झाडापखाला, जन्डिस, ज्वरो आउने, हैजा, फुड पोइजन, हेपाटाइटीस ‘ए’ र ‘ई’, आउँ, टाइफाइडजस्ता अन्य सरुवा रोगको प्रकोप पनि फैलिने जोखिम बढेर जाने हुँदा पानी पिउँदा सचेत रहनुपर्ने डा. पुनको सुझाव छ । 

रोगबाट बच्ने उपाय  

फोहोर व्यवस्थापन गर्ने निकायहरुले समयमा नै फोहोर व्यवस्थापन गर्ने र फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनाउनु पर्ने डा. मरासिनीको सुझाव छ । उहाँले भन्नुभयो, “वर्षाको समयमा मात्रै होइन अन्य बेला पनि फोहोरको उचित व्यवस्थापन समयमै नहुँदा रोग लाग्ने जोखिम बढ्ने भएकाले रोगबाट बच्न समयमै फोहोरको उचित व्यवस्थापन गर्न आवश्यक छ ।” 

फोहोरको उचित व्यवस्थापन गर्नेबेला राम्रोसँग थैलोमा बाँधेर सकेसम्म घरमा नै राख्ने । चोकचोमा फोहोर फाल्नुभन्दा कुहिने फोहोरलाई गाड्ने व्यवस्था गर्ने । फोहोर लिन आएपछि मात्र फोहोर घरबाहिर निकाल्न चिकित्सकको सुझाव छ । 

चोकचोमा फोहोर फाल्नुभन्दा कुहिने फोहोरलाई गाड्ने व्यवस्था गर्ने । फोहोर लिन आएपछि मात्र फोहोर घरबाहिर निकाल्न चिकित्सकको सुझाव छ । 

त्यसका अलावा यो मौसममा रोगहरूबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा मास्क लगाउने, सकेसम्म सार्वजनिक स्थलमा नखाने, खानै परेमा बासी खानेकुराहरु नखाने र खाना बनाउँदा, खाना खानुभन्दा अगाडि, बाहिर गएर आउँदा साबुन पानीले राम्रोसँग हात धुने बानी बसाल्नु पर्छ । 

खानेकुरा राम्रोसँग पकाएर मात्रै खाने, काँचो खाने कुरालाई राम्रोसँग पखालेर मात्रै खाने । त्यस्तै, पिउने पानी उमालेर वा शुद्धीकरण गरेर पिउने गर्दा सङ्क्रमणजन्य रोगबाट बच्न सकिने डा. पुनको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।