शिवराज ढुङ्गाना
अछाम, भदौ ४ गते । बाख्रा चराउन जाने विषयमा विवाद भएका एक बालक सम्पर्कविहीन भएको तीन दिनपछि मृत फेला परेका छन् । मृत फेला पर्नेमा मङ्गलसेन नगरपालिका–१० वर्षीय आर्यन सोडारी रहेकाे स्थानीय भरत सोडारीले जानकारी दिनुभयो ।
सोमबार बिहान बाख्रा चराउन आफू जाने विषयमा माइलो भाइ एवान सोडारीसँग विवाद भएको र एवान नै बाख्रा चराउन गएपछि आर्यन सम्पर्क नभएको वडा अध्यक्ष शिवबहादुर सोडारीले जानकारी दिनुभयो । बेलुकीसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा बुधबार गाउँ नजिककैको जङ्गलमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
परिवार र आफन्तले सोमबार बेलुकीदेखि सोधखोज तीव्र रुपमा गरिरहेका थिए । वडा अध्यक्ष, परिवार र आफन्तले उक्त बालक हराएको भन्दै फेला पार्नुहुने व्यक्तिले खबर गरिदिन भन्दै सामाजिक सञ्जाल लगायतमा सूचना जारी गरेका थिए । मृतक आर्यन गाउँमै रहेको अन्नपूर्ण माविको कक्षा ६ मा अध्ययनरत थिए ।