• ४ भदौ २०८२, बुधबार

वेपत्ता राई ढुंगाको चेपमा मृत फेला

blog

गोकुल भुजेल

भोजपुर, भदौ ३ गते । सोमबारदेखि वेपत्ता भएका टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा निवासी ७६ वर्षीय राधाप्रसाद राई मृत फेला पर्नुभएको छ । विहान घरबाट सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालय हिडेका राई बेलुका अबेरसम्म घर नआइपुगेपछि परिवारले खोजी गर्दा स्थानीय बम्खुवा खोलाको किनारमा उहाँको छाता र जुत्ता भेटिएको थियो । 

स्थानीय र प्रहरीले खोजी गर्दा उक्त स्थानभन्दा करिब एक किलोमिटर तल दह छेउको ढुंगाको चेपमा राइको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

वृद्ध राईको शव ढुगाको चेपमा देखेपछि शव निकाल्न नसकेर जिल्लाबाट थप सुरक्षाकर्मी माग गरिएको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु लामाको नेतृत्वमा आवश्यक उद्धार सामग्रीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका करिब ४५ जनाको टोली घटनास्थलमा परिचालन गरी शव बाहिर निकालिएको थियो । मृत शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याएको प्रहरीले जानकारी दिएको छ ।