• ४ भदौ २०८२, बुधबार

अध्यक्ष प्रचण्डद्वारा बिकलाई दुई लाख आर्थिक सहयोग

blog

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयसम्म उपचारमा रहनुभएका खुमबहादुर बिकलाई आर्थिक सहयोग प्रदान गर्नुहुँदै । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

ललितपुर, साउन ४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाण मानसिक स्वास्थ्य केन्द्र, एकान्तकुनामा उपचार गरी स्वास्थ्य लाभ गर्नुभएका खुमबहादुर बिकलाई आर्थिक सहयोग गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उहाँलाई रु. दुई लाखको चेक हस्तान्तरण गर्नुभएको हो।

जनमुक्ति सेनामा  सक्रिय रहनुभएका खुमबहादुरले करिब चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किने तयारी गर्नुभएको छ।

सो क्रममा अध्यक्ष प्रचण्डले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै  यस संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।