• ४ साउन २०८१, शुक्रबार

२४ घण्टामा ५६४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

blog

काठमाडौं, साउन ११ गते । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४५४ कोरोना परीक्षण गर्दा ५६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार ७७८ पीसीआर परीक्षण गर्दा ४१८ र एक हजार ६७६ जनाको एन्टीजेन परीक्षण गर्दा १४६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २०२ जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख १६ हजार जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टा ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौंमा २१८ गरी उपत्यमा कुल २७६ जनामा कोरोना पुष्टि भएको छ ।