• २४ भदौ २०८१, सोमबार

काठमाडौं महानगर कल सेन्टरमा नौ हजार ६२९ गुनासो

blog

काठमाडौं, साउन १० गते । गत जेठ २४ गतेदेखि निरन्तर सञ्चालनमा रहेको काठमाडौं महानगरपालिकाको कल सेन्टरमा नौ हजार ६२९ गुनासो रेकर्ड भएको छ । महानगरमा मुख्यगरी तीन प्रकारको गुनासो आउनेगरेको महानगर कलसेन्टरका विभागीय प्रमुख नवराज ढकालले बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापन, ट्राफिक समस्या र फुटपाथ व्यापारको सबैभन्दा बढी गुनासो आउनेगरेको छ । कल सेन्टर सञ्चालन भएको करिब दुई महिनाको अवधिमा सो संख्यामा जिज्ञासा आएको हो । 

कल सेन्टरका प्रमुख भरत पोखरेलका अनुसार कल सेन्टरमा इमेल र लिखित रुपमा पनि जिज्ञासा आउनेगरेको छ । उहाँले भन्नुभयो, “बन्दको १५० र १८ सय खुलापत्रको जवाफ सम्बन्धित निकायले दिइसकेको छ ।” अहिले काठमाडौं महानगरपालिकाको कल सेन्टरमा दैनिक दुई सयभन्दा बढी जिज्ञासा आउनेगरेको छ । पहिले पाँचसयको संख्यामा आउने जिज्ञासाको संख्या अहिले घटेको हो । 

कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान हुनेगरेको छ । कल सेन्टरमा सर्वसाधारणले सम्पर्क गरेर जिज्ञासा राख्नेगरेका छन् । “हाम्रो तर्फबाट त्यसको सम्बन्धित विभागमार्फत् सामाधान भइरहेको छ” प्रमुख पोखरेलले भन्नुभयो । काठमाडौं महानगरले गुनासो समाधान गर्ने प्रक्रियालाई अगाडि बढाइसकेको जनाएको छ । 

“यो स्थानीय सरकार भएकाले जनताको गुनासो सुन्ने र कार्यान्वयन गर्ने जिम्मा पनि महानगरको भएकाले महानगर केन्द्रीत नै प्रश्न पनि आउनेगरेको छ” प्रमुख ढकालले भन्नुभयो । 

सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई सम्बोधन गर्न १६ ठाउँबाट सिधै उठाउन सकिनेगरी व्यवस्थापन गरिएको छ । त्यसका लागि जनशक्ति पनि थप्ने काम हुन्छ । अहिले कल सेन्टरमा पाँच जना मात्रै जनशक्ति छन् । उहाँका अनुसार १६६००१०५५११ एघार अंकको टोलफ्रि नम्बर सञ्चालनमा छ । सेवाग्राहीको हितलाई ध्यानमा राखेर महानगरले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।महागनरका नागरिकले आफ्नो ठाउँमा रहेको समस्याको समाधान कसरी गर्ने, फोहोर व्यवस्थापन कहाँ गर्ने, बाटो बिग्रेको छ के गर्ने ? टार सर्ट हुन सक्नेस्थितिको जानकारी दिने र यसको कसरी समाधान गर्ने ? महानगरको विकास गर्न के–के कुराको आवश्यकता पर्छ ? महानगरमा के कस्तो कार्यक्रम छ ? यसको व्यवस्थापन र सहयोग कसरी गर्नेलगायतका जिज्ञासा कल सेन्टरमा आउने गरेको प्रमुख ढकालले बताउनुभयो ।

महानगरको समस्या र विकासलाई जोडेर सेवाग्राहीका जिज्ञासा आउनेगरेको छ । प्रमुख ढकालले भन्नुभयो, “अहिले पहिलेकोजस्तो समय छैन मानिसहरु पढेलेखेका छन्, विभिन्न स्रोत साधन सम्पन्न भएका छन्, लिखित र मौखिक दुबै तरिकाबाट जिज्ञासा आउनेगरेको छ” उहाँले भन्नुभयो, “त्यसका लागि जुन तरिकाबाट जिज्ञासा आएको हो त्यसको प्रतिक्रिया पनि त्यसरी नै जाने गरेको छ ।” यसले सर्वसाधारण जनता लाभान्वित भएका छन् । कल सेन्टरमा आउने जिज्ञासामा महानगर मात्रै नभइ काठमाडौं उपत्यका भरिकै जिज्ञासा आउनेगरेको उहाँको भनाइ छ । 

निःशुल्क टोलफ्रि नम्बर रहेको कल सेन्टर टेलिफोन मार्फत् सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरिरहेकाले यसको प्रभावकारिता पनि राम्रो रहेको प्रमुख ढकालले बताउनुभयो ।

“यो स्थानीय सरकार भएकाले जनताको गुनासो सुन्ने र कार्यान्वयन गर्ने जिम्मा पनि महानगरको भएकाले महानगर केन्द्रीत नै प्रश्न पनि आउनेगरेको छ” प्रमुख ढकालले भन्नुभयो, “महानगरमा के कस्तो सुविधा पाइन्छ ? विकास ढिलो हुनुको कारण के हो ? महानगर प्रमुख र उपप्रमुखको काम के हो ? हामी नगरबासीको काम के हो ? कार्यविधिहरु के–के छ ? यसको व्यवस्थापन र सहयोग कसरी गर्ने ? नगर प्रहरीले गर्ने गतिविधि लगायतका जिज्ञासाहरु आउँछ ।” 

निःशुल्क टोलफ्रि नम्बर रहेको कल सेन्टर टेलिफोन मार्फत् सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरिरहेकाले यसको प्रभावकारिता पनि राम्रो रहेको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले यो सुविधा थिएन, महानगरको नयाँ काम भएकाले धेरैले यसको स्वागत गरेका छन् ।” सरोकार राख्ने व्यक्तिले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गरेका छन् । यससम्बन्धी धेरै जिज्ञासाको समाधान विभागीय प्रमुख नवराज ढकाल आफैले दिने र बाँकी जिज्ञासाको समाधान वातावरण विभाग, प्रशासन, नगरप्रमुख, उपप्रमुख, नगरप्रहरी, कानुन विभाग, सूचना अधिकारीलगायतले दिनेगरेको उहाँले बताउनुभयो ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।