• ६ जेठ २०८१, आइतबार

इजरायली श्रमिकका लागि आयो भिसा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ४ गते । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप एक सय जनाको भिसा आएको छ । यसअघि इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो । वैदेशिक रोजगार विभागले सूचनामार्फत एक सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर छ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा साउन ४ गते सम्पर्क गर्न आग्रह गरिएको छ । साथै रोस्टममा परेकाहरूको यही साउन ८ र ९ गते हवाई उडान हुने भएकाले सोहीअनुरूप तोकिएको एयरलाइन्समा गएर टिकट लिएर तयारी रहनसमेत आग्रह गरेको छ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले इजरायल जान छनोट भएर पनि विगत छ महिनादेखि प्रतीक्षामा रहेकाहरू अबको एक महिनाभित्र गइसक्ने जानकारी दिनुभयो । उहाँका अनुसार छनोटमा परेर जान नपाएका ८७८ जनाको क्रमशः भिसा आउँछ ।  

महानिर्देशक पौडेलका अनुसार अब जाने श्रमिकको पुनः स्वास्थ्य परीक्षण, पीसीआर र कोरोना खोप लगाउनु पर्नेछ । खोपको सम्बन्धमा भने यसअघि अतिरिक्त खोप लगाएको म्याद छ महिना नाघेका व्यक्तिले मात्र लगाउनु पर्नेछ  । स्वास्थ्य परीक्षणमा हेपाटाइटिस, सिफिलिस, गोनोरिया, एचआईभी-एड्स, टीबीलगायतका रोगको पनि पुनः परीक्षण गर्नुपर्ने विभागले जनाएको छ । यसैगरी राहदानीको म्याद तीन वर्षभन्दा कम भएको अवस्थामा आवेदन दिएको मिति अर्थात् छ महिनाअघिसम्म तीन वर्षको भए मान्य हुने विषयमा इजरायल पक्षसँग सहमति भएको छ ।