• ८ वैशाख २०८१, शनिबार

संक्रिय सङ्क्रमितको संख्या ६७८

बढ्दै सङ्क्रमण : २४ घण्टामा १२१ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, असार २६ गते। पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ।  पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार तीन हजार ४५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा  १२१ जनामा कोरोना पुष्टि भएको हो।

जसमा एक हजार सात सय जनाको आरटी पीसीआर गर्दा  १०४ जनामा र एक हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएकोे मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

आइतबार परीक्षण गरिएकामध्ये ३ .९ ७ प्रतिशतमा कोरोना पुष्टि भएको छ। सङ्क्रमितमध्ये सबैभन्दा बढी ७१ जना काठमाडौंमा छन्। २४ घण्टामा ३१ जना सङ्क्रमणमुक्त भएका छन्। 

सोही सयमा कुनै पनि सङ्क्रमितको मृत्युभएको छैन। २४ घण्टामा १० हजार ५६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।  नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६७८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

 काठमाडौंमा ३८९, भक्तपुरमा १०, ललितपुरमा ६३ जना सक्रिय सङ्क्रमित  छन्। सक्रिय सङ्क्रमितमध्ये ६६२ जना होम आइसोलेसनमा १६ जना अस्पतालमा उपचाररत छन्। 

अस्पतालमा उपचाररत बिरामीमध्ये सात जना  आइसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन्।



Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।