• २६ वैशाख २०८२, शुक्रबार

मापदण्ड अनुसारका इन्डक्सन चुलो आएनन् : विद्यार्थीलाई वितरण गर्न रोक

blog

गोपालचन्द्र सुवेदी

काठमाडौं, असार २६ गते । काठमाडौ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्करुपमा उपलब्ध गराउने भनिएको इन्डक्सन चुलो वितरण कार्यक्रम अवरुद्ध भएको छ । यस्तो चुलोको आपूर्तिकर्ताले उपलब्ध गराएका चुलो गुणस्तरहीन पाइएपछि वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले हाललाई वितरण कार्य रोकेको हो । 

केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीका अनुसार अनुसार खुला बोलकबोलबाट छानिएको इन्डक्सन चुलोको आपूर्तिकर्ताले ल्याएका इन्डक्सन चुलो तोकिएको मापदण्डभन्दा केही फरक पाइएकाले रोकिएको हो । 

उहाँले भन्नुभयो, ‘‘हामीले प्राप्त गरका इन्डक्सन चुलोको ल्याब परीक्षण गर्दा आकार सानो पाइयो, तोकिएको मापदण्डभन्दा फरक आएपछि सामान वितरण गर्ने कुरा भएन, आपूर्तिकर्तालाई यसबारे स्पस्टीकरण पेश गर्न भनेका छाँै ।” बोलकबोल प्रक्रियामार्पmत यो ठेक्का डोलेश्वर एण्ड महेश जेभीले पाएको थियो । 

सरकारले विद्युत् खपत प्रबर्धन गर्न भन्दै गत माघमा ७ हजार थान विद्युतीय चुलो वितरण गर्न सार्वजनिक आवेदन मागेको थियो । फागुन २५ गतेसम्म आवेदन गरेका योग्य सबै आवेदकलाई इन्डक्सन उपलब्ध गराउने तयारी केन्द्रको हो । 

केन्द्रको योजनाअनुसार चालु आर्थिक वर्षभित्रै उच्चमाध्यमिक तथा स्नातक तहमा अध्ययन गरिरहेका दुर्गमका विद्यार्थीलाई इन्डक्सन चुलो दिने योजना थियो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय निकायको सहयोगमा घरघरमा इन्डक्सन बाँड्ने योजना अघि सारेको छ ।