• १३ असोज २०८१, आइतबार

भोजपुरी चलचित्र ‘रण’ प्रदर्शनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १८ गते । सिनेमा घरहरूमा भोजपुरी चलचित्र ‘रण’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।निर्देशक चन्द्र पन्तको निर्देशनमा रहेको भोजपुरी चलचित्रले तीन दर्जनभन्दा बढी हलबाट नेपालमा प्रदर्शनको सुरुवात गरेको हो ।  चलचित्रमा अभिनेता नरेन खड्का, आन्नद ओझा, काजल रघवानी, आएज खान, सीपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रलगायतको अभिनय छ ।  निर्देशक पन्तकै लेखन रहेको चलचित्रका निर्माता अरुणकुमार मिश्र हुन् ।