• १२ वैशाख २०८१, बुधबार

चट्याङ पर्दा हली घाइते, हलगोरु मरे

blog

हरिकृष्ण ऐडी

मुगु, असार १६ गते । वर्षासँगै चट्याङ पर्दा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ६ लिउडी गाउँका किसान ज्ञानबहादुर सेजुवाल घाइते भएका छन् ।

बुधबार दिउँसो बारीमा जोत्दै गर्दा एक्कासि वर्षासहित चट्याङ पर्दा सेजुवाल घाइते भएका र सँगै रहेका दुई गोरु मरेको वार्ड नं – ६ का वडाध्यक्ष खेमबहादुर रावलले जानकारी दिनुभयो ।

अहिले सेजुवालको (जुम्ला अस्पताल) को कर्णाली स्वास्थविज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको उहाँको भनाइ छ । अध्यक्ष रावलले यस क्षेत्रमा वर्षाको समयमा यस्ता घटना दोहोरिइरहेकाले सचेत रहन आग्रह गर्नुभयो ।