• १३ असोज २०८२, सोमबार

आर्थिक सहायताबारे छलफल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि विभिन्न देशका राजदूतले भेट गर्नुभएको छ । 

आइतबार मन्त्री खनालको कार्यकक्षमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लरेन्ज, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत युडो युजेन भोल्ज र नेपालका लागि फिनल्यान्ड गणतन्त्रका राजदूत पेट्री पुहाक्का र नेपालका लागि फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधिबिच संयुक्त रूपमा आपसी हितका विषयमा सौहार्द भेटघाट सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उक्त भेटमा अर्थमन्त्री रामेश्वर खनालले युरोपियन युनियन,  फ्रान्स, जर्मनी र फिनल्यान्डले नेपालको विकास प्रव्रिmयामा महŒवपूर्ण योगदान पु¥याउँदै आएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । 

छलफलका व्रmममा युरोपियन युनियनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकासलगायतका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको उहाँले बताउनुभयो । त्यसै गरी फ्रान्स, जर्मनी र फिनल्यान्डले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्वलगायतका क्षेत्रमा गरेको सहयोगको चर्चा गर्नुभयो । भेटघाटका युरोपियन युनियन, जर्मनी र फिनल्यान्डका राजदूतले नेपालमा हालै भएको राजनीतिक परिवर्तनपश्चात् समेत नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।  

त्यसै गरी सोही दिन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिली म्युलेबिच पनि छलफल भएको थियो । भेटमा खनालले नेपाल र स्विट्जरल्यान्डबिच समान प्रकृतिको भौगोलिक अवस्थिति रहेको बताउँदै सार्वजनिक वित्त व्यवस्थापन, व्यावसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकासलगायतका क्षेत्रमा भएका सहयोगको सराहना गर्नुभएको मन्त्रालयले जनाएको छ ।