• १३ असोज २०८२, सोमबार

प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

blog

प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल । फाइल तस्बिर

काठमाडौँ, असोज १२ गते ।  प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

त्यसैगरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त हुनुभएको छ । सञ्चारमन्त्री खरेलले मन्त्रिपरिषद् बैठकका थप निर्णय दसैँ बिदापछि हुने सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिनुभयो ।