• २७ भदौ २०८२, शुक्रबार

अर्जुनधारामा एकको हत्या आशंका

blog

फाइल तस्बिर

बिष्णुप्रसाद पोखरेल

दमक, भदौ २७ गते । झापामा एक युवाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका –३ जुकेखाडीका कोशी भनेर चिनिने बिजय लिम्बूको घरनजिक हत्या भएको हो ।

बुधबार राति करिब १२ बजे दुर्गापुर–दानाबारी सडक खण्डअन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अबस्थामा उहाँको शव भेटिएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाको बिषयमा विहान जानकारी पाएपछि प्रहरी टोली खटिएर घटनाको बिषयमा अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।