देवराम यादव
सप्तरी, भदौ २७ गते । सप्तरीको सदरमुकाम राजविराजमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । राजविराज नगरपालिका–१६ का दुई जनामा हैजाको जीवाणु देखिएको हो।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि आएका दुवै व्यक्तिमा हैजा पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट प्रकाश प्रसाद साहले जानकारी दिनुभयाे । उहाँका अनुसार एक जना सङ्क्रमित चार दिनअघि निको भइसकेका छन् भने अर्कोको उपचार अस्पतालमा भइरहेको बताइएको छ।
अस्पतालका मेसु साहका अनुसार सङ्क्रमित दुबै जना हालै भारतको बाबाधामबाट फर्किएका थिए ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले हालसम्म जिल्लामा दुईवटा मात्रै संक्रमित भेटिएको बताउनुभयो । उहाँका अनुसार शुक्रबारदेखि सङ्क्रमित भेटिएको वडामा स्वास्थ्यकर्मीहरूलाई जाँचका लागि खटाइएको बताउनुभयो ।