• २७ भदौ २०८२, शुक्रबार

पोखरा महानगरको सेवा ठप्प

blog

सन्तोष सुवेदी

कास्की, भदौ २७ गते। पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले हस्तलिखित सूचना जारी गर्दै नगरकार्यपालिका र वडा कार्यालयमा भएको क्षति र जिल्लाभर कर्फ्यू आदेश जारी भइसकेको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्म अत्यावश्यक सेवा मात्र सञ्चालन हुने जानकारी दिनुभएको हो। 

सूचनामा भनिएको छ, ‘‘जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले कर्फ्यू आदेश जारी गरिसकेको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना  नआएसम्म महानगर र वडा कार्यालयबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द रहनेछन्।’’

महानगरले स्वास्थ्य, सरसफाइ, खानेपानी जस्ता तत्काल आवश्यक पर्ने सेवा भने निरन्तर रहने स्पष्ट पारेको छ। अन्य साधारण प्रशासनिक कार्य र सार्वजनिक सेवा भने अस्थायी रूपमा रोकिएका छन्।