• २७ भदौ २०८२, शुक्रबार

सिसाजन्य फोहर छुट्टै सङ्कलन गर्न आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २७ गते । काठमाडौँ महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहर अन्य फोहरसँगै नमिसाउन आग्रह गरेको छ । महानगपलिकाको वातावरण व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी सो आग्रह गरेको हो ।  

सिसाजन्य फोहरलाई सामान्य फोहोरसँगै ल्यान्डफिल्ड साइटमा लग्न नमिल्ने महानगरले प्रष्ट पारेको छ । फोहरलाई छुट्टै संकलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रुपमा राख्न पनि महानगरपलिकाले आग्रह गरेको छ ।