सुजन बज्राचार्य
संखुवासभा, भदौ २७ गते । कोशी राजमार्गअन्तर्गत खाँदबारी –१३ सभाखोला र साटारेबिचमा शुक्रबार दिउँसो सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
स्थानीय रोशन राईका अनुसार पहिरो खसेपछि यातायात पूर्णरूपमा ठप्प बनेको छ । धरान ईटहरीबाट खाँदबारी–चैनपुरतर्फ आउने–जाने सवारी साधनहरू बिचैमा रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी दक्षकुमार बस्नेतले तत्काल सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।