• २७ भदौ २०८२, शुक्रबार

धरानको भाटभटेनीमा तीन जनाको जलेको शव भेटियो

blog

जलेको धरानको भाटभटेनी।

निशा राई

धरान, भदौ २७ गते।  धरान उपमहानगरपालिकामा भाटभटेनी सुपर मार्केटमा आगजनी हुँदा जलेर खरानी भएको अवस्थामा तीन जनाको शव भेटिएको छ।

धरान–१० स्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा गत भदौ २४ गते जेनजी आन्दोलनको दोश्रो दिनको प्रदर्शनमा अराजक समूहले आगो लगाएको थियो।  आगो पूर्ण रुपमा निभाएर खोजी गर्दा चौथो फ्लोरमा तीन जनाको मानव अवशेष भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिनुभयो। 

उहाँका अनुसार मृत्यु भएको शव खरानी भएको अवस्थामा अवशेष मात्र फेला पारिएको हो।  आज विहान पनि दोस्रो फ्‌लोरमा एक जनाको मानव अवशेष भेटिएको थियो योसँगै चार जनाको अवशेष भाटभाटेनी मार्केटबाट भेटिएको उहाँले बताउनुभयो। 

सबै शव आगोले जलेर शरीरको आकारमा खरानी मात्र भेटिएकोले शव कस्को हो भन्ने थाहा नभएको डिनए चेक गरेर मात्र थाहा हुने धरान १० का वडाध्यक्ष विवेक राईले बताउनुभयो। 

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।  आगजनीका कारण करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौं बराबरको चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।