सुधा देव
भारदह(सप्तरी), भदौ २७ गते । नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतले सप्तरीमा सांकेतिक रुपमा सेभ नेशन, सेभ द कन्टिच्युसन लेखेको प्लेकार्ड र संविधानको पुस्तक सहित मौन प्रदर्शन गरेका छन् ।
अहिले मुलुकको संविधान र राष्ट्रलाई जोगाउने प्रमुख दायित्व, कानुन व्यावसायि, पत्रकार, नगरिक अगुवा लगायतको प्रमुख दायित्व रहेकोले काठमाडौं उपत्यका बाहेकका देशभरका बार एकाईहरुले शुक्रबार मौन प्रदर्शन गरेको उच्च बार एसोसिएशन राजविराजका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो।
कार्यक्रममा बारका पूर्व अध्यक्षहरू नागरिक समाजका अगुवा,जिल्लाका अधिवक्ताहरू तथा पत्रकारको उपस्थित रहेको थियो ।