बिष्णुप्रसाद पोखरेल
दमक, भदौ २७ गते । काठमाडौंको एक कारागारबाट फरार भएकी एक कैदीबन्दीलाई झापामा प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर काठमाडौँस्थित सुन्धारा कारागारमा सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीकी ५० वर्षीया अञ्जली खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएकी खातुनलाई नियण्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी नेपालबाट भागेर भारत छिर्दै गरेका एक कैदीलाई भारतीय सिमा सुरक्षा बलले गौरीगन्ज प्रहरीलाई बुझाएको छ । लागुऔषध मुद्धामा काठमण्डौमा जले सजाय भोग्दै आएका ब्याक्ति पक्राउ परेको बताईन्छ ।
भारत–नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त टोलीले काठमाडौँको कारागारबाट भागेर आएका मोरङ विराटनगर–३ का सुरज कामतलाई पक्राउ गरेर गौरीगन्ज प्रहरीलाई बुझाएको जनाइएको छ ।