• २७ भदौ २०८२, शुक्रबार

पुरानै लयमा फर्किदै घोराही बजार

blog

दाङमा कर्फ्यू हटेपछि घोराहीका मुख्य बजारको अवस्था । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय दाङले कर्फ्यू हटाएपछि घोराहीसहित दाङको जनजीवन पुरानै लयम फर्किदैछ। जिल्लाको मुख्य बजार घोराहीहमा नागरिकहरुको चहल–पहल बढदैगएको छ । त्यस्तै, किराना पसल, होटेल, डेरी उद्योग, फेन्सी पसलहरु समेत खुल्न थालेको छ । 

घोराहीको मुख्य बजार सहिद गेट, घोराही लमही रोडकका अधिकांश पसलहरु अहिले खुल्ला छ । त्यस्तै, घोराहीको न्यूरोडहरुमा पनि पसलहरु खुल्न थालेका छन् ।

घोराहीको सहिद नेत्रलाल चोक अगाडि किराना तथा डेरी उद्योगका सञ्चालक विष्णु पौडेलले सबैले पसल खोल्न थालेपछि आफूले पनि खोलेको बताउनुभयो । अहिलेसम्म समान्य अवस्था छ, उहाँले भन्नुभयो, ‘ग्राहकहरु पनि सामान किन्न आउन थाल्नुभएको छ ।’ सोहीअनुसार बजारमा विभिन्न सवारी साधनहरु समेत चल्न थालेका छन् । 

त्यस्तै, कर्फ्यू हटेपछि नागरिकहरू अति आवश्यक सामग्री किनमेलका लागि बजार निस्किन थालेका छन् । घोराही –१५ दीपशिखा चोकमा डेरा गरेर बस्दै आउनुभएका लक्ष्मण शर्माले भान्साका लागि आवश्यक सामग्री खरिद गर्न आएको बताउनुभयो । दुर्इ दिनसम्म कर्फ्यू लागेपछि कोठामा बसियो, अहिले कर्फ्यू हटेपछि आफूसहित साथीहरुसँग बजार आएकौ हौं, उहाँले भन्नुभयो, हिजो अस्तिभन्दा अहिले बजार सहज भएको छ ।’

बुधबारदेखि शुक्रबार विहान ५ बजेससम्म जिल्ला प्रशासन दाङले दाङको घोराही, तुलसीपुर, लमही र प्रदेशको राजधानी रहेको राप्ती उपत्यका राप्ती गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको थियो । तर, विस्तारै सामान्य अवस्थामा फर्केपछि प्रशासनले शुक्रबार बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको छ । जनजीवन सामान्य बन्दैगएकाले कर्फ्यू हटाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । 

यद्यपि हुलदंगा अशान्ति हुन सम्भावना अझै पनि हुनसक्ने भएकाले बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म निशेधाज्ञा जारी भएको बताउनुभयो। निशेधाज्ञा अवधिसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने, नारा जुलुस गर्न नपाउने जानकारी दिनुभयो ।