• २७ भदौ २०८२, शुक्रबार

गोरखामा यातायात, उद्योग, व्यापार ठप्प

blog

सुनसान गोरखा ।

गुणबहादुर रोका 

सुलीकोट, भदौ २७ गते। गोरखामा जेनजी आन्दोलनका प्रभावले चार दिनदेखि यातायात, उद्योग व्यापार र व्यवसाय ठप्प छन्। 

आन्दोलनले यातायातदेखि बजार व्यवसायसम्म प्रभावित भएको उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिनुभयो। 

चार दिनदेखि व्यवसायीले उद्योग र पसल खोल्न नपाउँदा आर्थिक क्षति भएको गोरखा उद्योग वााणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठको भनाइ छ।

त्यस्तैगरी सार्वजनिक सवारी साधन सञ्चालनमा नआउँदा यात्रु गन्तव्यमा जान पाएका छैनन्। विशेष कामले काठमाडौँ जानुपर्ने बाध्यता भए पनि गोरखामा बस्न बाध्य भएको पालुङटार नगरपालिका– १ का उत्तम आचार्यले गुनासो गर्नुभयो।

जेनजी आन्दोलनपछि कर्फ्यू लाग्दा आर्थिक कारोबारसँगै व्यापार, व्यवसाय र यातायात ठप्प छन्। चार दिनदेखि विद्यालयको पठनपाठनसमेत हुन सकेको छैन।