• २७ भदौ २०८२, शुक्रबार

जुटे हुड्के नाच संरक्षणमा

blog

हुम्ला, भदौ २७ गते । मुख्य नाच भएर पनि जिल्लामा बिरलै रूपमा नाच्ने गरिएको हुड्के नाच साना विद्यार्थीले सिक्न थालेका छन् । यसको सांस्कृतिक महìव बचाउन र संरक्षण गर्न साना नानीहरूले यसलाई सिकेर आफ्नो कला प्रदर्शनी गर्न थाल्नुभएको हो ।

कक्षा ४ का दुई छात्रले हुड्के नाचको विद्यालयमै सफल प्रस्तुति दिएका छन् । महेश परियारले जिज्युबुवा, हजुरबुवा हुँदै बुवाको पालासम्म राम्रैसँग नाचिने हुड्के नाच हराउन थालेको अवस्थामा गाउँका पाका पुस्ताबाट सिकेर प्रदर्शनी गरेको बताउनुभयो । अर्का हुड्के नाच्ने विद्यार्थी कविराज परियारले पनि यसको संरक्षण र प्रवर्धन गर्न सो नाच देखाएको बताउनुभयो ।

हुड्के नाच जन्म र मृत्यु संस्कारका साथै विवाह, चाडपर्व र ठुला समारोहमा पनि नाच्ने गरिन्छ । उहाँहरू दुवै जना मिलेर हुड्के नाचका लागि आवश्यक सामग्री र पोसाकसमेत व्यवस्था गरिसक्नुभएको छ । यो परम्परागत कला मात्र नभएर यसबाट कमाइ पनि हुने गरेको उहाँहरूको भनाइ छ ।