• २७ भदौ २०८२, शुक्रबार

हल अनिश्चितकालका लागि बन्द

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २७ गते । जेनजीको आन्दोलन तथा देशमा प्रतिकूल परिस्थितिको कारण मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । 

क्युएफएक्स, आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि हल बन्द हुने जनाएका हुन् । दर्शकले खरिद गरेका टिकट कार्यालय पुनः सुरू गर्ने बित्तिकै पूर्ण रूपमा फिर्ता गरिने जनाइएको छ ।

असुविधाको लागि माफी माग्दै सबैलाई सुरक्षित रहन समेत जारी सूचनामा अनुरोध गरिएको छ । सिनेमा हलहरू मङगलबारदेखि बन्द छन् ।