• २४ भदौ २०८२, मङ्गलबार

प्रहरीलाई फूल दिएर जेनजीले गरे फिदिममा विरोध प्रदर्शन

blog

प्रहरीलाई फूल दिएर जेनजीले गरे फिदिममा विरोध प्रदर्शन

राधा लुइटेल

फिदिम, भदौ २३ गते।  भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध देशव्यापी आन्दोलन भइरहेको बेला पाँचथरको सदरमुकाम फिदिममा जेनजी पुस्ताले प्रदर्शन गरेको छ।  यहाँ साङ्केतिक प्रदर्शन गरेका हुन्।  

जिल्ला प्रहरी कार्यालय पाँचथर अगाडिको बिपी पार्कमा भेला भएका आन्दोलनकारीले सुरुवातमै त्यहाँ खटिएका प्रहरीलाई फूल दिएर शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन सुरु गरेका थिए। 

आन्दोलनकारीहरुले डियुटिमा खटेका प्रहरी निरीक्षक ख्यामराज घिमिरेलगायत सुरक्षाकर्मीलाई फूल दिए लगत्तै प्रदर्शन सुरु भएको थियो।  जेन्जीको समूहले नाराबाजीसहित बजार परिक्रमा गरेका थिए। 

जेनजीले ‘हिंसाले होइन, फूलले बदलिन्छ समाज’ भन्ने भावनासहित प्रहरीलाई फूल अर्पण गरिएको बताएका छन्।

शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने आन्दोलनमा सहभागी मध्येका एक लोकेन खतिवडाले जानकारी दिनुभयो।