• २३ भदौ २०८२, सोमबार

‘जेन जी’ को नेतृत्व प्रष्ट भएन : काठमाडौं प्रशासन

blog

काठमाडौँ, भदौ २३ गते।  जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन जी’ प्रदर्शन कसको नेतृत्वमा भइरहेको विषय प्रष्ट नआएको बताएको छ। 

सिडिओ कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले माइतीघर तथा बानेश्वर क्षेत्रमा उत्पन्न तनावग्रस्त स्थितीलाई नियन्त्रण गर्न कोसँग समन्वय गर्ने भन्ने प्रष्ट नभएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “यसको नेतृत्व को हो भन्ने क्लिगर आएन।  जेन जी भनेर जो भनिएको थियो, उहाँहरुले पनि हामी सङ्लग्न छैनौं भन्ने जस्तो कुरा आएको छ।  त्यसकारणले गर्दा, कोसँग समन्वय गर्ने भन्दा पनि अहिले शान्ति सुरक्षा गर्ने, कर्फ्यू को आदेश जारी भएको हुनाले उहाँहरुलाई फर्कन अनुरोध गर्ने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने, प्रहरी कर्मचारीहरुको व्यक्तिगत सुरक्षा गर्नेमा लागेका छौं। ”

उहाँले प्रहरीको घेरा तोडेपछि अधिकतम संयमता अप्नाएर भीड तितरबितर गर्न प्रहरीले रबरको गोली चलाएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “हामीले अधिकतम संयमता अप्नाउने हो।  उहाँहरुलाई अनुरोध गर्ने हो।  फर्केर जाँदै हुनुहुन्छ भने बल प्रयोग नगर्ने हो।  जब, प्रहरीमाथि नै आक्रमण हुन्छ, प्रहरीको घेरा तोडेर अगाडि बढ्छ भने प्रहरीबाट अधिकतम संयमता अप्नाएर बल प्रयोग गरिएको हो ”

शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार संविधानले दिएको भन्नुहुँदै उहाँले प्रहरी, एम्बुलेन्समाथि नै आक्रमण भएपछि बल प्रयोग भएको बताउनुभयो।