• २३ भदौ २०८२, सोमबार

ललितपुरमा सभा, जुलस, धर्ना गर्न निषेध

blog

सोमबार दिउँसो तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र । तस्बिरः सागर बस्नेत

काठमाडौँ, भदौ २३ गते । ललितपुर जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेदेखि लागू हुनेगरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै विभिन्न समूह र पक्षहरूबाट आआफ्ना माग राखी उपत्यका क्षेत्रमा प्रदर्शन भएको र सो क्रममा हिंसात्मक गतिविधिलगायत हुलदङ्गा वा अशान्ति हुनसक्ने र सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने भएको उल्लेख गर्दै विभिन्न स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको हो । 

कार्यालयले पुलचोकस्थित युएन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्र पूर्वतर्फ इरानमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्धीभित्र, भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र ९पूर्वमा भैँसेपार्टीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तरतर्फ भैँसेपाटी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी सोभित्र० र सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र (पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक)को क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि उल्लेखित कार्य गर्न निषेध गरेको हो ।

“आज साँझ ६ बजेदेखि लागू हुनेगरी अर्को सूचना नभएसम्मका लागि सर्वसाधारण र सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नाजस्ता कार्यहरू गर्न निषेध गरिएको छ, यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेछ”, जारी सूचनामा भनिएको छ ।