• २४ भदौ २०८२, मङ्गलबार

सामाजिक सञ्जाल खोल्न कांग्रेसको आग्रह, क्षतिप्रति गहिरो दुःख व्यक्त

blog

काठमाडौँ, भदौ २३ गते । नेपाली कांग्रेसले संस्थागत निर्णयमार्फत सामाजिक सञ्जाल खोल्न सरकारसँग आग्रह गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो आग्रह गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुख्य सचिव पौडेलका अनुसार बैठकले सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको र सयौं घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । बैठकले निधन भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

त्यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था तत्काल सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको जानकारी पनि पौडेलले दिनुभयो ।