• २४ भदौ २०८२, मङ्गलबार

गृहमन्त्री लेखकको राजीनामा, घटनाबारे सरकारले यथार्थ बाहिर ल्याउने

blog

मन्त्री परिषद बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २३ गते । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानविन समिति गठन गरी अवस्थाबारे जनतालाई जानकारी गराउने निर्णय भएको बताउनुभएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उहाँले सो कुरा बताउनुभएको हो । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिनुभएको पनि उहाँले जानकारी दिनुभयो । 

सरकारका प्रवक्ता गुरुङले अरु मन्त्रीहरुको राजिनामा नआउने तर घटनाबारे सत्यतथ्य कुरा छानविन समितिमार्फत बाहिर ल्याउने बताउनुभयो । सरकारले सामाजिक सञ्जालको नियमन गर्नेगरी सूचीकरणका लागि प्रयास गरेको भए पनि त्यसको गलत अर्थ लगाइएको उहाँले प्रष्ट पार्नुभयो । सामाजिक सञ्जाललाई बहाना बनाएर जुन घटना घटाइयो यो दुःखद छ भन्नुहुँदै उहाँले मृतकहरुका परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको बताउनुभयो ।