• २४ भदौ २०८२, मङ्गलबार

जेन्जी पुस्ताको प्रदर्शनको क्षतिप्रति राष्ट्रपति मर्माहत

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ, भदौ २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकभर सोमबार भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनु भएको  छ । 

उहाँले प्रदर्शनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले अप्रत्यासित रुपमा आज भएको यस्तो घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न  सबै पक्षलाई अपिल गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।