• २४ भदौ २०८२, मङ्गलबार

‘जेनजी’ आन्दोलनको घटना हृदयविदारक र दुःखद् : एमाले

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौँलगायत देशभरी भएको  ‘जेनजी’ पुस्ताको आन्दोलनको क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ । आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ । तीन सयभन्दा बढी घाइते भएका छन् । 

“आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि आन्दोलनमा सहभागी केही युवाहरुको मृत्यु भएको छ । ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ । यो एउटा हृदयविदारक र दुःखद् घटना हो” विज्ञप्तिमा भनिएको छ । 

एमालेले आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेको छ । यस्तै, घाइतेको यथाशीघ्र निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । एमालेले मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।