• २४ भदौ २०८२, मङ्गलबार

मन्त्रिपरिषद बैठकमा जेनजी आन्दोलनबारे छलफल हुने

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ २३ गते । आज साँझ ६ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषदको नियमित बैठकमा जेन जी पुस्ताको आन्दोलन बारेमा छलफल हुने बताइएको छ । आजको मन्त्रिपरिषद बैठक नियमित भए पनि त्यसमा आन्दोलन बारेमा छलफल हुने प्रधानमन्त्रीको प्रेस विज्ञ रामशरण बजगाईले बताउनुभयो । 

‘आजको मन्त्रिपरिषद नियमित बैठक हो, यसअघि नै आह्वान गरिएको बैठक भएकाले नियमित एजेन्डाहरू रहने नै भए, थप आजको जेन जी पुस्ताको आन्दोलनको विषयमा छलफल भएर केही निर्णय आउन सक्छ’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।