फडिन्द्र अधिकारी
लेखनाथ, भदौ २३ गते । 'जेन जी' प्रदर्शनकारीले पोखरा-७ मा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास गरेका छन् ।
सोमबार बिहान सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयदेखि भ्रस्टाचारसम्मका विषयमा आवाज उठाएका छन् ।
१० बजेबाट सुरु भएको प्रदर्शन अझै जारी छ । प्रदर्शनकारीले ‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ जस्ता नारा लगाएका छन् ।