काठमाडौँ, भदौ २३ गते । जेनजी पुस्ताको प्रदर्शन तनावग्रस्त स्थितिमा पुगेपछि समाचार संकलनका क्रममा त्यहाँ रहेका चार जना पत्रकार घाइते भएका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार घाइते पत्रकारको अस्पतालमा उपचार भइरहेको छ ।
नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुङ्गाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार राजेश श्रेष्ठ र पत्रकार शम्भु दंगाल घाइते भएको जानकारी दिनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालले जनतालाई सूसूचित गराउने जिम्मेवारी लिएर नियमित रिपोर्टिङमा रहेका फोटो पत्रकारको टाउको र छातीमा गोली लागेर घाइते भएको, घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभकामको कामना गरेको छ ।
संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता, मौलिक हकको रुपमा रहेको सञ्चार हकलाई अनदेखा गर्दै प्रहरीले पत्रकारमाथि दमन गरेको सो संस्थाले आरोप लगाएको छ ।