काठमाडौँ, भदौ १० गते । १० वर्षपछि चिरञ्जीवी अधिकारीले पुनरागमन गर्नुभएको छ । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका अधिकारीले दशकपछि पुनः नयाँ म्युजिक भिडियो निकाल्नुभएको हो । उहाँ ‘तन दिए, मन दिए’ नामक थ्रिलर म्युजिक भिडियोमार्फत फर्किनुभएको हो ।
उक्त म्युजिक भिडियोमा उहाँ खलनायकको भूमिकामा देखिनुभएको छ । यसले दर्शकलाई फरक अनुभूति दिने अपेक्षा गरिएको छ ।