शंकर केसी
सल्यान, भदौ १० गते । बाख्रा चराउनका लागि गोठालो गएको बेला भिरबाट लडेर सल्यानमा एक युवतीको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ९ परिलेख निवासी २४ बर्षिया दिपा वली बस्नेतको बाख्रा चराउन जंगल गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दिपा भिरबाट करिव पाँचसय मिटर तल खस्नुभएको थियो । मोखल्यान सामुदायिक वनमा सोमबार बेलुकी ५ः३० बजेतिरको समयमा बाख्रा गोठालोबाट फर्कने क्रममा भिरबाट लडेर घाइते हुनुभएकी उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइतेको राति ९ः०० बजे थारमारेमा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान गोपाल बस्नेत वैदेशिक रोजगारीमा हुनुहुन्छ ।