• ९ भदौ २०८२, सोमबार

रामघाट नदीमा एक किशोर बेपत्ता

blog

सुरक्षाकर्मीको टोलीले नदीमा बेपत्ताको खोजी गर्दै ।

नारद कोहार

तौलिहवा (कपिलबस्तु), भदौ ९ गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ३ बाणगङ्गाको रामघाट नदीमा एक किशोर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तु प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहकाअनुसार भैंसी फरकाउने क्रममा कपिलबस्तु नगरपालिका ३ डेरवाका १४ वर्षीय मोहन चौहान बेपत्ता भएको बताउनुभयो ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजीकार्य गरिरहेको प्रहरी नाउय उपरिक्षक सिंहले बताउनुभयो ।