• ९ भदौ २०८२, सोमबार

जैमिनीमा कार दुर्घटना, ४ जना घाइते

blog

नवराज नेपाली

बागलुङ (गलकोट), भदौ ८ गते । बागलुङको जैमिनी नगरपालिका –२ दमेकमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भाएका छन् । पोखरादेखि जैमिनी नगरपालिका –१० राङखानी जाँदै गरेको ग ३ च २९५३ नम्बरको कार आइतबार साँझ करिब ७ बजेर १५ बजेको समयमा दमेकमा दुर्घटना हँुदा चालक जैमिनी नगरपालिका –१० राङखानीका २३ बर्षीय बिमल शर्मासहित चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा उहाँका श्रीमति २३ बर्षीया बबिता शर्मा, राङखानीका ४२ बर्षीया लक्ष्मी शर्मा र बरेङकी २३ बर्षीया पवित्रा क्षेत्री रहेको प्रहरी चौकी कुश्मीसेराका हवलदार सुरज शाहीले बताउनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

शाहीका अनुसार घाइतेहरुको कुश्मीसेरा प्रथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर पठाइएको छ । कार सडकदेखि करिब १०० मिटर तल खसेको शाहीको भनाइ छ ।