• ९ भदौ २०८२, सोमबार

लुम्बिनी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

blog

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी,  भदौ ९ गते ।
हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यो बिदा प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा लागू हुनेछ ।

यो निर्णय प्रदेश राजपत्र भाग ३, खण्ड ८, सङ्ख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचनाअनुसार गरिएको मन्त्रालयले जनाएको छ ।