• ९ भदौ २०८२, सोमबार

सिन्धुपाल्चोकमाथि आरएस रिसोर्टको गोल वर्षा

blog

बल खोस्नै प्रयास गर्दै सिन्धुपाल्चोक र आरएस रिसोर्टका खेलाडी ।

काठमाडौँ, भदौ ९ गते । आरएस रिसोर्ट एन्ड बिच फुटबल महिला टिम पोखराले एन्फा महिला लिग छनोटमा सिन्धुपाल्चोक एफसीमाथि गोल वर्षा गरेको छ । 

च्यासल मैदानमा साेमबार भएको खेलमा आरएस रिसोर्टले सिन्धुपाल्चोक एफसीलाई ८–३ गोलले हरायो । आरएस रिसोर्टको जितमा सरिताले चार गोल गर्नुभयो । यस्तै इशा चौधरीले दुई, सलिना सरु र तुलसी शाहीले एक एक गर्नुभयो । 

सिन्धुपाल्चोकको लागि अनु भुषालले दुई गोल फर्काउनुभयो । दोस्रो जितसँगै आरएस रिसोर्टले ६ अङ्क बनाएको छ । सिन्धुपाल्चोकले लगातार तेस्रो हार खेपेको छ । 

छनोट खेलमा १४ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछन् ।  

समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुनेछन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्नेछ ।