• ९ भदौ २०८२, सोमबार

दुई छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबु पक्राउ

blog

गुणबहादुर रोका
सुलीकोट, भदौ ९ गते । 
आफ्नै छोरी र दाईको छोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिकाका ३ का ३४ वर्षीय (नाम परिवर्तित) ज कुमार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भदौ ४ गते बुधबार बेलुका आफ्नै छोरी र दाइकी छोरीलाई घरमै सुतिरहेकोे अवस्थामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा पीडित बालिकाको आफन्तले दिएको जाहेरीका  आधारमा ज कुमारलाई लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

ज कुमारलाई हाडनातामा जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा आइतबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार आफ्नै बुबा छोरी भएकाले नाम गोप्य राखिएको हो ।