शेरबहादुर सार्की
बाजुरा, भदौ ९ गते । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण तथा सङ्कलन कार्य सुरु गरिएसँगै अहिले यहाँका स्थानीय निकै हर्षित भएका छन् ।
जिल्लाको दुर्गम गाउँबस्तीका स्थानीयहरुलाई सहज हुने गरी जिल्ला प्रशासन कार्यालय बाजुराले गत आइतबारदेखि अस्थायी रुपमा बुढीनन्दा नगरपालिकाको कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण तथा सङ्कलन कार्य सुरु गरिएपछि स्थानीय हर्षित भएका हुन् ।
पूर्वी उत्तरी क्षेत्रका स्थानीयहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम मार्तडी पुग्नुपर्ने निकै कठिनाइ भएको बेला गत आइतबार प्रशासनले कोल्टीमै सेवा दिने भएपछि यती बेला निकै खुसी भएका दुर्गमका स्थानीय बताउँछन् ।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकोले यहाँका बुढापाकालाई मार्तडी गएर परिचय पत्र बनाउँन निकै समस्या भएको बेला अहिले कोल्टीमै त्यो सुविधा पाउँदा निकै खुसी लागेको बुढीनन्दा नगरपालिका स्थानीय काँसी विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसभन्दा पहिला यहाँका बुढीनन्दा, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकाका स्थानीय राष्ट्रिय परिचयपत्र बनाउनका लागि दुइ तीन हजार गाडी भाडा तिरेर मार्तडी जाने आउने गरेका थिए ।”
आइतबारदेखि अस्थायीरुपमा भए पनि राष्ट्रिय परिचय पत्र वितरण तथा सङ्कलन कार्य कोल्टीमै सुरु गरेपछि यहाँका बुढापाकाहरुलाई समेत निकै सहज भएको मार्तडी पुगेर अब भने हामीलाई निकै सहज भएको विकले बताउनुभयो ।
यहाँका स्थानीयले राष्ट्रिय परिचय पत्र बनाउनकै लागि एक दिनको समय लायर मार्तडीमै पुग्नुपर्ने हुन्छ । वर्खाको समय बाटो बन्छ । यता सो पत्र अनिवार्य गरेको छ । त्यसैले उनीहरुको त्यो समस्याका लागि हामीले केही दिनका लागि भए पनि कोल्टीमै व्यवस्था गर्नका लागि प्रशासनमा माग गरेका थियौ ।
प्रशासनले पनि हाम्रो माग सहज रुपमा स्वीकार गरेसँगै गत आइतबारदेखि राष्ट्रिय परिचय पत्र वितरण तथा सङ्कलन सकार्य कोल्टीमै सुरु गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।
राष्ट्रिय परिचय पत्र वितरण तथा सङ्कलन कार्य आइतबारदेखि कोल्टीमा सुरु गरेको छ । जसमा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया, बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सहायक प्रमुख जिल्ला अधिकारी शीतलबहादुर रावल, वडाध्यक्षहरु, सुरक्षा निकाय प्रमुख लगायतको सहभागिता गरेको थियो ।
जिल्लाको हिमाली जगनाथ स्वामिकार्तिक खापर बुढीनन्दा लगायतका नगरपालिका स्थानीयलाई राष्ट्रिय परिचयपत्र बनाउँन मार्तडी आउँदा निकै समस्या हुने गरेको थियो । उनीहरुको त्यो समस्यालाई दृष्टिगत गर्दै यतिबेला अस्थायी रुपमा कोल्टीमै राष्ट्रिय परिचय वितरण कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।