• ८ भदौ २०८२, आइतबार

पात्लेखेत गाउँ पहिरोको जोखिममा

blog

पात्लेखेत स्थित बान्द्रेखाल्टी पहिरोको निरीक्षण गर्नुहुँदै उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’लगायत । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ) ,भदौ ८ गते । गाउँको पुछारबाट लामो समयदेखि निरन्तर जान थालेको पहिरोको कारण म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेत गाउँ नै उच्च जोखिममा परेको छ। २०६९ सालदेखि पात्लेखेत गाउँको पुछारबाट बान्द्रेखाल्टी पहिरो  र पाखा पहिरो निरन्तर जान थालेपछि सिङ्गो गाउँ नै पहिरोको जोखिमा परेको हो । भिरालो अनि कमजोर भूगोलको कारण पहिरो जानेक्रम रोकिएको छैन। 

धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको अति उच्च जोखिममा परेका छन् । खेतबारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् ।

पहिरोले सात सय रोपनी बढी खेतीयोग्य जमिन बगाएको र वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिनुभयो । भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगङ्गा नदीको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ ।