• १० भदौ २०८२, मङ्गलबार

लक्ष्मीको ‘यसपालिको तिज’ सार्वजनिक

blog

काठमाडौँ, भदौ १० गते । गायिका लक्ष्मी हमालले ‘यसपालिको तिज’ बोलको गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ । गायिका हमालकै स्वर रहेको उक्त गीतलाई टेकेन्द्र कार्कीले सम्पादन तथा निर्देशन गर्नुभएको छ । 

गायिका हमालकै रचना तथा सङ्गीत रहेको गीतको ङ्ंगीत संयोजन सजय हमालले गर्नुभएको हो । गीतको छायाङ्कन स्वेता खड्काले गर्नुभएको छ भने भिडियोमा प्रेम लामा र सुरेश तामाङले साथ दिनुभएको छ । 

तिजको रौनकलाई उजागर गर्दै तयार पारिएको गीतमा आकर्षक नृत्य र साङ्गीतिक समायोजनलाई विशेष ध्यान दिइएको छ । गायनमा सक्रिय लक्ष्मीका थुप्रै गीत चर्चित छन् । तिज गीतमा भित्रिएका विकृतिलाई न्यूनीकरण गर्ने उद्देश्यले गीत सार्वजनिक गरेको गायिका हमालले बताउनुभयो । यस गीतमा गायिका लक्ष्मीसँगै कमला, विमला र रोमाले पनि अभिनय गर्नुभएको छ ।